उडान भर्न ठिक्क परेका दुई विमान आमनेसामने भएपछि....

लस एञ्जलस । क्रिसमसको दिन कजाकस्तानमा ३८ जनाको ज्यान जाने गरी विमान दुर्घटनामा भयो । त्यसको केही दिनमै दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरलाइन्सको उडान ७सी–२२१६ दुर्घटनामा परेर यात्रु र क्रु मेम्बर समेत गरेर १७९ जनाको मृत्यु भयो ।
ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा एयर क्यानडाको एउटा विमानमा आगलागी भयो । भाग्यले यसमा कसैको पनि हताहत वा घाउचोट लागेन । यसैबिच, अमेरिकाको लस एन्जलस एयरपोर्टमाबाट अर्को खबर आएको छ । लस एञ्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा समाचार उडान भर्न तयार दुई विमान एक अर्काको आमनेसामने भए ।
समय दिउँसो ४ः३० बजेको थियो । एयर ट्राफिक कन्ट्रोलबाट टेकअफको अनुमति पाएलगत्तै एटलान्टाका लागि उड्न अनुमति पाएपछि डेल्टा एयरलाइन्सको उडान डीएल–४७१ उडान भर्न ठिक्क पर्यो । विमानले आफ्नो पूरा गति लिइसकेको थियो । त्यति नै बेला पाइलटको आँखा अगाडिबाट आइरहेको लाइम एयरको चार्टर्ड उडान ५६३ मा पर्यो । अर्को विमान पनि तीव्र गतिमा धावनमार्गतिरै गइरहेको थियो ।
एटीसीले डेल्टा एयरलाइन्सको विमानले जुन दिशाबाट उडान भर्दै थियो लाइम एयरको विमान सोही दिशामा तीव्र गतिमा अघि बढेको देखियो । यो देखेर एयर ट्राफिक कन्ट्रोलमा रहेको सबै जनालाई के गर्ने के नगर्ने भयो । अब केही बेरमै दुवै विमान एक आपसमा ठोक्किने स्थिति उत्पन्न भयो । एयर ट्राफिक कन्ट्रोलमा रहेका एक नियन्त्रकले चर्को स्वरमा रोक रोक रोक भनेर कराउन थाले ।
समय छँदै लाइम एयरका पाइलटले स एटीसीको यो निर्देशन सुने र आफ्नो विमानको ब्रेक लगाए । केही सेकेन्डमै डेल्टा एयरलाइन्सको विमान हावामा थियो । त्यसपछि बल्ल सबैले राहतको सास फेरे । लाइम एयरको यो विमान गोन्जागा विश्वविद्यालयले बुक गरेको थियो र यसमा विश्वविद्यालयको सम्पूर्ण बास्केटबल टोली थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीप्रति व्यङ्ग्य गरेपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो
-
मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्