भारतमा एलन मस्कलाई झट्का, स्टारलिंकले पाएन सरकारबाट मञ्जुरी
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई भारतमा झट्का लागेको छ । मस्कको स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंक भारतमा छिर्ने तयारीमा थियो । तर त्यसअघि नै सरकारको एउटा प्रश्नले सम्पूर्ण मामिलालाई थन्क्याइदिएको छ । केही दिन अघि अण्डमान र निकोबारमा छापामारीका क्रममा स्टारलिंकका उपकरणहरू तस्करहरूबाट बरामद भएको थियो ।
यी उपकरण भारतमा कसले किनेको थियो भनेर भारत सरकारले जान्न खोजिरहेको छ । तर स्टारलिंकले आफ्ना ग्राहकका गोपनीयतालाई उद्धृत गर्दै यी प्रश्नको जवाफ दिन अस्वीकार गरिरहेको छ । यस्तोमा स्टारलिंक भारतमा छिर्नु अघि नै समस्यामा परेको छ । मस्कको कम्पनीले यो प्रश्नको जवाफ सरकारलाई नदिँदासम्म स्टारलिंकलाई भारतमा छिर्ने अनुमति मिल्न मुस्किल छ ।
यो अवस्थाले सरकारभित्र विशेष गरी गृह मन्त्रालय र दूरसञ्चार विभागमा चिन्ता बढाएको छ । यी उपकरणहरू गैरकानुनी गतिविधिहरूमा प्रयोग हुन सक्छ कि भनेर उनीहरू चिन्तित छन् । स्रोतका अनुसार गृह मन्त्रालयले यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न दूरसञ्चार विभागलाई निर्देशन दिएको छ ।
- स्टारलिंकको लञ्चमा ढिलाइ
यस घटनाका कारण भारतमा स्टारलिङ्कको सेवा सुरु हुनमा ढिलाइ हुन सक्ने देखिएको छ । कम्पनीको सुरक्षा उपायहरूसँग सन्तुष्ट नभएसम्म स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिन सरकार हिचकिचाइरहेको छ । कम्पनीले आफ्नो उपकरणको दुरुपयोगलाई कसरी रोक्छ र ग्राहकको डाटालाई कसरी सुरक्षित सुनिश्चित गर्नेछ भन्ने जानकारी पनि कम्पनीले दिनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै
-
हप्ताको दुई दिन अनिवार्य जनताको गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेसकाे निर्देशन
-
त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै नेपाल पुलिस क्लबलाई जय ट्रफी
-
गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै
-
हुम्लामा बाक्लो हिमपात
-
बाँकेमा सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन