रकेट वैज्ञानिक वी. नारायणन बन्ने भए इसरोको नयाँ प्रमुख
बुधबार, २४ पुस २०८१, ०९ : २५
![रकेट वैज्ञानिक वी. नारायणन बन्ने भए इसरोको नयाँ प्रमुख](https://npcdn.ratopati.com/media/news/ce5cf6a3-5b55-466b-8524-089dc0ade148.jpg_CXB8efbH8B.webp)
नयाँ दिल्ली । भारतीय रकेट वैज्ञानिक वी. नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का नयाँ अध्यक्ष हुने भएका छन् । नारायणनलाई मंगलबार अन्तरिक्ष विभागको सचिवमा नियुक्त गरिएको थियो ।
नारायणनले वर्तमान इसरो प्रमुख एस. सोमनाथको स्थान लिनेछन् । सोमनाथको कार्यकाल अर्को साता सकिँदैछ । ‘मन्त्रिपरिषद्को नियुक्ति समितिले वलिमाला स्थित लिक्विड प्रोपल्सन सिस्टम सेन्टरका निर्देशक नारायणनलाई अन्तरिक्ष र अन्तरिक्ष आयोगको सचिवको रूपमा नियुक्ति अनुमोदन गरेको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ,’ भारत सरकारले एक आधिकारिक आदेशमा भनेको छ ।
भारतमा अन्तरिक्ष विभागका सचिव नै इसरोका अध्यक्ष रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु
-
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु
-
सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?
-
बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड
-
कांग्रेसका दुई भातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित