साइड नदिएको भन्दै भकुण्डेबेँसीमा गाडी तोडफोड
बुधबार, २४ पुस २०८१, २१ : ४३

काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीबाट केही माथि पात्लेखेत भन्ने ठाउँमा तोडफोड भएको छ । साइड नदिएको निहुँमा तुवाचुङ यातायात प्रालिको बा १ ज ६१७२ नम्बरको टाटा सुमोमा तोडफोड गरिएको हो ।
असोन १० र ११ गतेको अविरल वर्षाका कारण गएको पहिरोले क्षतिग्रस्त वीपी राजमार्ग अहिले साँघुरो छ । विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले गाडीमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ ।
पछि सुमोका चालकले गाडी भगाएर काभ्रे प्रहरी चौकीसम्म पुर्याएका थिए । गाडी तोडफोड गरेको आरोपमा अहिले काभ्रे प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार भिडियो क्लिपका आधारमा तोडफोड गर्नेलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि धुलिखेल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशले दिएको लक्ष्य ३९ बलमै पुरा गर्यो बागमती प्रदेशले
-
वीरगन्जमा टाटा योद्धा सार्वजनिक
-
ब्रोकाउलीमा भेटियो अत्यधिक विषादी
-
बक्स अफिसको ‘टप’ मा डिज्नीको ‘स्नो ह्वाइट’
-
काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा
-
क्यानडामा अचानक चुनावको घोषणा : व्यापार युद्ध र ट्रम्पको धम्कीको कस्तो पर्ला असर ?