देशभक्त फुट्ने र देश लुट्नेहरू जुट्ने कुचक्र तोड्नुपर्छ : डा.भीम रावल
काठमाडौँ । पूर्व एमाले नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता सबै मूर्ख ठान्ने र आफू मात्र सर्वज्ञानी भएको दाबी गर्ने प्रयास गरेको बताएका छन् । बिहीबार प्राज्ञिक मञ्चले काठमाडौँमा गरेको कार्यक्रममा नेता रावलले संविधान संशोधनको सवालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
‘यो आँखा र कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा मात्र हुन्छ’, रावलले भने, ‘मलाई आश्चर्य लाग्छ । सरकारमा म पनि गएको थिएँ । तर यतिसारो आँखामा पटिट लगाएर जनता सबै मूर्ख छन् म मात्र सर्वज्ञाता छु भन्ने कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’
उनले पृथ्वीनारायण शाहले स्वाधीन, स्वतन्त्र र अखण्ड नेपालको जग बसालेको भन्दै प्रत्येक देशभक्तले त्यो जग भत्किन नदिन र ती जगका इँटाहरू कुनै दाह्रा र नङ्ग्राले लुछे जसरी देशलाई सर्वनाश हुन नदिन एक भएर अघि बढ्ने दिन आएको बताए ।
सोही कारण आफूले मातृभूमि जागरण नेपाल अभियान चलाएको भन्दै रावलले थपे, ‘देशभक्त नेपालीहरू फुटिइरहने, देशलाई लुट्नेहरू अनेक बहानामा आधा रातमा गठबन्धन गरेर पनि जुटिरहने यो कुचक्रलाई देशभक्तहरू एक भएर तोड्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण