विद्यार्थीको मृत्युपछि चिनियाँ सहरमा भड्कियो हिंसा
शुक्रबार, २६ पुस २०८१, १० : ४२
बेइजिङ । उत्तर पश्चिम चीनको एक सहरमा एक छात्रको मृत्युले हिंसात्मक विरोध प्रदर्शन निम्त्याएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा प्रदर्शनकारीहरूले प्रहरीमाथि सामान फ्याँकेको देखिएको छ ।
शान्सी प्रान्तको पुचेङमा अधिकारीहरूले केही प्रदर्शनकारीहरूलाई कुटपिट गरेको देखिएको छ । जनवरी २ मा आफ्नो स्कुलको होस्टेलमा लडेर ती बालकको मृत्यु भएको बताइएको थियो । तर यो मामिलालाई लुकाएर राखेको भन्दै विरोध प्रदर्शन सुरु भयो ।
विरोध प्रदर्शन धेरै दिनसम्म जारी रहेको थियो । तर हप्ताको सुरु देखि अधिकारीहरूले यसलाई दबाउन सुरु गरे । पुचेङमा भइरहेको विरोध प्रदर्शनमा राज्य सञ्चालित मिडिया मौन छ । सामाजिक सञ्जालमा विरोध प्रदर्शनका क्लिप वा उद्धरणलाई निकै हदसम्म सेन्सर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
-
‘गैरआवासीय नेपालीले राजनीतिक बाहेक सबै अधिकार पाउने सुनिश्चित हुनुपर्छ’