नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने

काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित चन्दनीमा विगतका वर्षहरुझैँ यसवर्ष पनि माघे संक्रान्तिको अवसरमा मंगलबार गोरु जुधाई प्रतियोगिता हुने भएको छ । यो वर्ष जुधाउनका लागि तारुकाका स्थानीय किसानले पालेका १४ हल गोरु दर्ता भएको वडा नम्बर ३ का अध्यक्ष सूर्यमान श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार गोरु जुधाइ कार्यक्रमलाई व्यवस्थित गर्नका लागि मदन श्रेष्ठको नेतृत्वमा एक समिति गठन भएको छ । सोही समितिले गोरु दर्ताका साथै आवश्यक व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागिताका लागि उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह तारुका पुग्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ८ बजेदेखि नै सुरु भएर दिनभर चल्ने उनको भनाइ छ । स्थानीय बारीको पाटामा बनाइएको मैदानमा हुने गोरु जुधाइ प्रतियोगिता हेर्नका लागि हजारौँको सहभागिता हुने अपेक्षा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार जुधाइने गोरुलाई ‘क’ र ‘ख’ दुई क्याटोगोरीमा वर्गीकरण गरिएको छ । जसअनुसार ‘क’ क्याटोगोरी गोरु जुध्दा जित्नेलाई १५ र हार्नेलाई १० हजारको व्यवस्था गरिएको छ । यस्तै ‘ख’ क्याटोगोरीको गोरु जुध्दा जित्नेले १० र हार्नेले ८ हजार पाउने व्यवस्था गरिएको छ । गोरु जुधाई प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र तारकेश्वर गाउँपालिकाका साथै विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेको बताइएको छ ।
तारुकाको गोरु जुधाउने जात्रा कहिलेदेखि सुरु भयो भन्ने ठोस प्रमाण नभए पनि बझाङी राजा जयपृथ्वी बहादुर सिंहको पालादेखि सुरु गरिएको विश्वास गरिन्छ । यस्तै माघेसंक्रान्तिकै अवसरमा नुवाकोटकै बेत्रावती र धादिङका केही स्थानमा पनि गोरु जुघाउने प्रचलन छ । तर, तारुकाको गोरु जुधाई प्रतियोगिता को भने विशेष चर्चा हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा