रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने

काठमाडौँ । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पीएसबी) मा रूपान्तरण भएको सन्दर्भमा भोलि माघ १ गतेदेखि विभिन्न दसवटा सत्रमा गहन छलफलसहित पीएसबी पूर्वारम्भ कार्यक्रम आयोजना हुने भएको छ । भोलिदेखि माघ ३ गतेसम्म पूर्वारम्भ कार्यक्रम सञ्चालन गरिनेछ ।
नेपाल टेलिभिजनमा माघ १ गते उद्घाटन हुने र सोही दिनदेखि नै विषयगत छलफल सुरु हुने जनाइएको छ । माघ १ गते पीएसबीको अन्तर्राष्ट्रिय अभ्यास र लोकतन्त्रको सबलीकरण एवं राष्ट्र निर्माणको विषयमा विषय विज्ञ तथा सरोकारवालाहरूसँग प्यानल डिस्कसन हुनेछ ।
यसैगरी, दोश्रो दिन माघ २ गते नैसर्गिक अधिकारको रूपमा रहेको शिक्षा र स्वास्थ्य सेवामा आम मानिसको पहुँच, विपद्को तयारी र विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूसँगको सहकार्य, जनमुखी सूचना तथा सञ्चारमा सार्वजनिक सेवा प्रसारणको भूमिका एवं महत्त्व र राष्ट्रिय एकता लगायतका विषयमा सम्बन्धित विषयका विशेषज्ञहरूसँग सेसनहरू हुनेछन् ।
यसैगरी, तेश्रो दिन माघ ३ गते पीएसबी सञ्चालन र स्थायित्व एवम् प्राविधिक रूपान्तरण एवं डिजिटल प्लेटफर्मको प्रयोग जस्ता विषयमा गहन छलफल हुने पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । पीएसबीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सहज रूपान्तरण एवं सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वासका साथ जनसरोकारका विविध विषयगत छलफल आयोजना गरिएको अध्यक्ष डा.विष्टको भनाइ थियो ।
भोलिदेखि सुरु हुने पूर्वारम्भ कार्यक्रमको उद्घाटन सत्र र समापन सत्र तथा विषयगत छलफलको रेडियो, टिभी र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गरिनेछ । माघ ३ गते रेडियो नेपालको प्राङ्गणमा कार्यक्रमको समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
-
विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएकोमा शक्ति बस्नेतको आपत्ति
-
अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे
-
रुसी सदनमा १६औँ बाल नाटक महोत्सव, नाटक हेर्न विद्यार्थीको भिड
-
कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजे: ऊर्जामन्त्री
-
जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न प्रचण्डलाई ऊर्जा मन्त्रीको चुनौती