टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : मेयर बालेन
बुधबार, ०२ माघ २०८१, १८ : ०४
१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई ।’
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए ।
पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?
-
पोखरा विमानस्थलसम्बन्धी छानबिन रिपोर्ट हावादारी
-
ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने
-
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा