पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर

तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ ।
हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने ।
केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यो वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिए । पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो ।
जलवायु परिवर्तनको असरका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन’, उनले भने, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा सरकारलाई बधाई’
-
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह
-
१० बजे १० समाचार : ओली, देउवा र प्रचण्डबिच सहमति, सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई
-
पिताबाटै बलात्कार, आमाले साथ नदिए पनि नेपाली चेलीले भारतमा पाइन् न्याय
-
आजको खेल गुमाएका केएल राहुललाई पुत्री लाभ
-
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश