न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
उजुरी आह्वान गर्ने निर्णय
बिहीबार, ०३ माघ २०८१, १४ : २१

काठमाडौँ । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले खड्काको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय