राजनीति
भीम रावलसँगै धनगढी पुगे एमाले नेता थापा
शुक्रबार, ०४ माघ २०८१, १० : ५५

धनगढी । नेकपा एमालेबाट कारवाहीमा परेका एमाले पूर्व उपाध्यक्ष भीम रावलसँगै सँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका छन् । आज धनगढी पुगेका रावल र थापा श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका हुन् ।
रावलसँगै बसेका थापा प्रफुल्ल मुद्रामा देखिएका छन् । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्पूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् ।
धनगढी विमानस्थलबाट सरकारी गाडीबाट धनगढी आएका रावललाई उनका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । एमालेमा रावललाई कारवाही गर्नुहुन्न पक्षमा थापा थिए । जुनकारण थापा र रावलको जहाजको सँगैसँगैको यात्रालाई महत्पूर्ण ढंगले हेरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुने
-
क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्ने जरुरी देखियो: स्वास्थ्यमन्त्री पौडेल
-
पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस (तस्बिरहरू)
-
राष्ट्रिय सहमतिको सरकारको चर्चा : के भन्छन् प्रमुख तीन दलका नेता ?
-
झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
-
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा