विराटनगरमा हुस्सु छिचोल्दै प्रचण्डको मनिङ्वाक (तस्बिरहरू)

विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान विराटनगरमा हुस्सु छिचोल्दै ‘मनिङ्वाक’ गरेका छन् । शुक्रबार साँझ विराटनगर आएका प्रचण्डले बिहानै विराटनगरकाे पाेखरियाबाट मर्निङवाक गर्दै जलजलामाेड, काेशी अस्पताल, सहिद रंगशाला हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि चियापान गरेका थिए ।
उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।
ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ । दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल
-
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा
-
दोसो फेजअन्तर्गत पहिलो चरण, १३ नेपाली केयरगिभर इजरायल प्रस्थान
-
रित्तो संसद्, खाली कुर्सी, तस्बिरहरू
-
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
-
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही