ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान
शनिबार, ०५ माघ २०८१, १६ : ३५

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एकनाथ ढकाल आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् ।
यही जनवरी २० तारिकमा अमेरिकाको वाशिङ्गटन डिसीमा आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सांसद ढकालसँगै उनकी पत्नी ब्लेसी गाडन ढकाल पनि अमेरिका प्रस्थान गरेकी छन् ।
पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाशबाबु थापा साथै केन्द्रीय सदस्यहरू निला श्रेष्ठ, कामना भुसाल, अधिवक्ता बिष्णु गिरी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र