प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा मुख्य आरोपी सञ्जय रोय दोषी ठहर

कोलकाता । कोलकाताको आरजी कार अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा सियालदह अदालतले शनिबार मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ। सजायको घोषणा सोमबार हुनेछ। अदालतले १६२ दिनपछि यो फैसला सुनाएको हो ।
सीबीआईले आरोपी सञ्जयलाई मृत्युदण्ड दिन माग गरेको छ । यसै क्रममा सञ्जयकी दिदीले ट्रायल कोर्टको यो निर्णयलाई कुनै पनि अदालतमा चुनौती दिने योजना नभएको बताइन् ।
गत अगस्त ८-९ तारिखको राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । अगस्त ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो ।
सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्त १० तारिख पक्राउ गरेको थियो । यो घटनापछि कोलकातासहित देशभर प्रदर्शन भएको थियो । बंगालमा २ महिनाभन्दा बढी समयदेखि स्वास्थ्य सेवा ठप्प थियो।
अदालतले फरेन्सिक रिपोर्टको आधारमा सजाय सुनाएको हो, जसले सञ्जय रोय मुद्दामा संलग्न रहेको देखाएको थियो। घटनास्थल र पीडित चिकित्सकको शवमा सञ्जयको डीएनए पनि भेटिएको थियो । रोयलाई भारतीय न्यायिक संहिता ऐनको धारा ६४, ६६ र १०३(१) अन्तर्गत दोषी ठहर गरिएको छ।
न्यायाधीश अनिर्बान दासले यस मामिलामा अधिकतम सजाय मृत्युदण्ड हुनसक्ने बताएका छन् । न्यूनतम सजाय आजीवन कारावास हुनेछ।
दोषी सञ्जयले आफूलाई यस मुद्दामा फसाइएको बताएपछि न्यायाधीश दासले सजाय सुनाउनुअघि बोल्ने मौका पाउने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा
-
दोसो फेजअन्तर्गत पहिलो चरण, १३ नेपाली केयरगिभर इजरायल प्रस्थान
-
रित्तो संसद्, खाली कुर्सी, तस्बिरहरू
-
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
-
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
-
बन्दिपुरमा वडासचिव कुटिए, मादीका कर्मचारी आन्दोलित