ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति
शनिबार, ०५ माघ २०८१, २१ : ३१

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ स्थित जिरी–खाडीचौर सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति भएको छ । शुक्रवार मध्यान्ह काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख ०५३४ नम्बरको ट्रकले ठक्कर दिँदा डाँडापाखर घर भएका दावा छिरिङ लामाको मृत्यु भएको थियो ।
३७ वर्षीय लामा बागमती प्रदेश–०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमा उनले बोकेको पेट्रोलमा आगो सल्किएपछि उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक तनहुँ घर भएका किरण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पीडित परिवारले शव उठाउन नदिएर प्रदर्शन गरेका थिए । शनिवार दुईपक्षको बिचमा सहमति भएपछि शव उठाएर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य
-
प्रचण्डमाथि सूर्य थापाको कटाक्ष
-
बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दियो सहमति
-
कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी
-
भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकारको कूटनीति पहल असफल देखियो : स्वर्णिम वाग्ले
-
पुल्चोक इन्जिनियरिङ कलेजमा ‘मेकाथन फर असिस्टिभ टेक्नोलोजी’ प्रदर्शनी