ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का

काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई लेगानेसले १-० गोल अन्तरले हराएको हो ।
निर्धारित समयको अन्तिम केही सकेण्डमा एन्टोनी ग्रिजम्यानले प्रहार गरेको पेनाल्टी खेर गएपछि शीर्ष क्लब १-० ले स्तब्ध भएको हो । लेगानेसका लागि ४९ औं मिनेटमा माटिजा नास्टासिकले गोल गरेका थिए । योसँगै एटलेटिकोको हार सूचीमा एक खेल थपिएको छ ।
हालसम्म खेलेका २० मध्ये एटलेटिकोले २ खेल गुमाएको छ । ४४ अंक जोडेको एटलेटिको ४४ अंकसहित हालसम्म शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको रियाल मड्रिड ४३ अंकसहित दोस्रो स्थानमा छ । यो पल्ट बार्सिलोनाले भने ला लिगामा गति पक्डिन सकेको छैन । एटलेटिको र रियाल मड्रिडले समान २-२ खेल गुमाउदा बार्सिलोनाको हार खातामा ५ खेल पुगिसकेको छ ।
यसैगरी, ला लिगा अन्तर्गत शनिबार राती भएका अन्य खेलमा सेभियाले गिरोनालाई २-१ ले हराउँदा डेपोर्टिभो अलाभेसले रियाल बेटिसलाई ३-१ गोल अन्तरले स्तब्ध तुल्यायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश
-
मार्स र पुरनको अर्धशतक, नाटकीय पतनपछि २०९ रनमा रोकियो लखनउ
-
बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त