‘हिन्दु संस्कृति पुनर्स्थापना दिवस’ मनाइयो

काठमाडौँ । श्री रिद्धि सिद्धि सेवा ट्रस्ट ‘हिन्दु संस्कृति पुनर्स्थापना दिवस’ सम्पन्न गरेको छ । दिवसको अवसरमा बुधबार ट्रस्ट र श्री रिद्धि सिद्धि ज्वेलर्सको आयोजनामा काठमाडौँ दरबार क्षेत्रस्थित महादेव पार्वती डबलीमा दीप प्रज्वलन कार्यक्रम भएको छ ।
कार्यक्रमको उद्देश्य मैत्री, भाइचारा, शान्ति र सद्भावको सन्देश सम्पूर्णमा सम्प्रेषण गर्ने र संस्कृतिको पुनर्जागरण र उत्थानमा सम्पूर्ण नेपालीको सहभागिता रहोस् भन्ने रहेको श्री रिद्धी सिद्धी ज्वेलर्सका अध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए ।
युवामा संस्कृति र संस्कार सशक्त हुनुपर्नेमा जोड दिँदै उनले विश्वमा शान्ति भाइचारा तथा सद्भाव कायम रहोस् भन्ने कामनाका साथ यो कार्यक्रम हरेक वर्ष मनाइने गरेको बताए ।
सहआयोजक संस्था गंगा क्लबका कोषाध्यक्ष सुनिल राज जोशीले पनि युवा मुलुकको वर्तमान र भविष्य भएकाले उनीहरूमा सकारात्मकताको भाव विकास होस भन्ने चाहनाका साथ कार्यक्रममा सहभागी भएको बताए ।
यो कार्यले युवामा करुणा र मैत्रीको भावनाको विकास हुने ट्रस्टका प्रतिनिधि अभिलाष आचार्यले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन