एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वाग्ले कांग्रेसमा फर्किए
बिहीबार, १० माघ २०८१, १७ : ०२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ओखलढुंगा जिल्लाका अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा फर्किएका छन् । वाग्ले बिहीबार एकीकृत समाजवादी त्याग्दै नेपाली कांग्रेसमै फर्किएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा माला लगाएर वाग्लेलाई पार्टीमा स्वागत गरेका छन् । वाग्ले यसअघि समाजवादीमा जानु पहिले नेपाली कांग्रेसकै जिल्ला सदस्य थिए ।
समाजवादीले उनलाई ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोसी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका वाग्ले भलिबलका अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी