प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्ने बताएका छन् । बिहीबार ऐतिहासिक मकवानपुरगढीको २६२ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै उनले पुरातात्त्विक महत्त्व बोकेका गढी तथा सम्पदाहरूलाई संरक्षण गर्दै नागरिकहरूको आयआर्जनमा जोड्न जरुरी रहेको बताएका हुन् ।
मुख्यमन्त्री लामाले संरक्षण अभावमा इतिहास जोडिएको क्षेत्रहरू जीर्ण अवस्थामा पुगेको बताए । उनले इतिहासका अवयवहरूलाई व्यवस्थित रूपमा विकास र प्रवर्द्धन गर्नु जरुरी रहेको बताए । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका संरचनाहरू निर्माण गरेर नागरिकहरूको जीवनस्तरमा जोड्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए । प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा मकवानपुरगढी दरबार क्षेत्रको विकास तथा संरक्षणको वृहत् योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
मैदानमा हृदयाघात भएका बंगलादेशका पूर्वकप्तानको अवस्था कस्तो छ ?
-
प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत
-
८० प्रतिशत अंक पाएको पर्यटन मन्त्रालयको पुँजीगत खर्च जम्मा १५ प्रतिशत
-
गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
-
भैरहवामा विमानस्थलबाट ११ किलो गाँजासहित भारतीय युवक पक्राउ