१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत

काठमाडौँ । वरिष्ठ गीतकार चाँदनी शाहसहित विभिन्न गायक–गायिका सम्मानित भएका छन् । स्वर किन्नरी तारादेवीको १९औैं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा राष्ट्रिय नाच घरमा आयोजित ‘स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम’ कार्यक्रममा वरिष्ठ गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपैयाँ र ताम्रपत्रसहित ‘स्वर किन्र्री स्मृति सम्मान २०८१’ बाट सम्मान गरियो ।
कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका–गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धासुमन व्यक्त गरे । कार्यक्रममा गायिका गीता पाण्डेले ‘सुनगाभा जस्तो जीवन’, ममता गुरुङले ‘रिमझिम रिमझिम’, प्राशन्ना शाक्यले ‘यो दाग पिरतीको’, बबिना भट्टराईले ‘तिमि तिरमा उभी देउ’, शर्मीला वर्देवाले ‘आमा भएर बोकी हेर’ जुनु गौतमले‘फूलै फूलको मौसम तिमीलाई’ अञ्जुली हमालले ‘तिमिले दिएका’, रिता केसीले ‘उकाली ओरालीहरूमा’, सुधा शेर्पाले ‘नौ सय खोला तरेर’र सरस्वती मानन्धरले ‘शुभकामना’ गीत गाएका थिए ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दीपक केसी, महासचिव शोभन सायजूले तारादेवीको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै