ट्रम्पले फेरि गरे क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा
शुक्रबार, ११ माघ २०८१, १० : २०

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि करबाट बच्न अमेरिकाको एक राज्य बन्न सक्छ क्यानडा भनेर भनेका छन् । ‘क्यानडासँग हाम्रो ठुलो व्यापार घाटा छ । हामी यसलाई अब निरन्तरता दिन सक्दैनौँ, ’ ट्रम्पले भनेका छन् ।
‘तिमीलाई थाहा छ, मैले सधैँ भन्दै आएको छु- तिमी एक राज्य बन्न सक्छौँ । एक राज्य बन्यौँ भने व्यापार घाटा हुनेछैन र हामी तिमीमाथि शुल्क पनि लगाउने छैनौँ, ’ उनले भनेका छन् ।
क्यानडासँग व्यवहार गर्न गाह्रो भएको पनि उनले बताए । २ खर्ब वा साढे २ खर्ब डलरको व्यापार घाटा राम्रो नभएको र क्यानडाबाट अमेरिकालाई तेल र ग्यास पनि नचाहिएको उनले बताए ।
अमेरिकी सीमाना पार गरेर अवैध आप्रवासी र अवैध लागू औषध फेन्टानिल भित्रिने काम नरोकिएसम्म क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाइने ट्रम्पले हालै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र