‘कांग्रेस–एमाले बहुदलीय व्यवस्था मास्न र दुई दलीय व्यवस्था कायम गर्ने षड्यन्त्रमा छन्’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिवेदन पेस गर्दै लिङ्देनले कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न लागिपरेको आरोप लगाएका छन् । यस्तै उनले दुई दलीय व्यवस्था कायम गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध पार्टी चनाखो हुनुपर्नेमा जोड दिए ।
यस्तै लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा कटाक्ष गरेका छन्। वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्युहमा फस्न सक्ने खतरा रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । अध्यक्ष लिङ्देनले आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर संगठन निर्माणलाई आफ्नो प्रतिवेदनमा जोड दिएका छन् । यस्तै उनले समान विचार भएका व्यक्ति, समूह र दलसंग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसंग सुझाव मागेका छन् ।
बैठकमा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका छन् । यसैगरी बैठकमा महामन्त्री डा. धवल शमशेर शमशेर राणाले आन्दोलन सम्बन्धि कार्ययोजना पेश गरेका छन् ।
बैठक शनिबार सम्पन्न गर्ने कार्यसूची रहेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्ञानेन्द्रले निहुँ खोज्दा राजतन्त्र ढल्यो, फेरि फर्काउने दिवास्वप्न नदेखे हुन्छ’
-
तस्बिरमा हेर्नुहोस कोभिड–१९ देशव्यापी लकडाउनको पाँच वर्ष
-
राष्ट्रपतिको मुख्य प्रतिद्वन्द्वी थुनिएपछि टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिए
-
अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुने
-
क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्ने जरुरी देखियो: स्वास्थ्यमन्त्री पौडेल
-
पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस (तस्बिरहरू)