हतियार बनाउने कारखानामा विस्फोट हुँदा आठ जनाको मृत्यु
शुक्रबार, ११ माघ २०८१, १६ : ०३

नयाँ दिल्ली । भारतको महाराष्ट्रको भण्डारा जिल्लामा रहेको एक हतियार कारखानामा विस्फोटपछि छत भत्किँदा ८ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ७ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।
भग्नावशेषबाट पाँच जनालाई उद्धार गरिएको छ । अझै पनि केही मानिसहरू भग्नावशेषमा फसेको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला नियन्त्रण कक्षबाट प्राप्त जानकारी अनुसार, बिहान करिब १० बजे जवाहर नगरको उक्त कारखानामा विस्फोट भएको थियो । त्यसपछि छाना भत्कियो र मानिसहरू त्यसको मुनि पुरिएको जनाइएको छ । घटना लगत्तै दमकल, प्रहरी, तहसीलदार र अन्य आवश्यक प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेका थिए । थप सहयोगको लागि एसडीआरएफलाई बोलाइएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र