पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च

काठमाडौँ । सरकारले पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०८०/०८१ सम्ममा ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ खर्च गरेको हो ।
सो अवधिमा कृषि सामाग्री कम्पनीले ५५ अर्ब ०९ करोड ६४ लाख ७९ हजार रुपैयाँको रासायनिक मल आयात गरेको हो भने, साल्ट टे«डिङ कम्पनीले ३२ अर्ब २६ करोड ३२ लाख ९४ हजार रुपैयाँको मल आयात गरेको मन्त्रालयले जनाएको छ । यी दुई कम्पनीले सरकारी अनुदानमा नेपालमा रासायनिक मल भित्र्याउँदै आएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ३१ करोड ५० लाख १८ हजार रुपैयाँ रासायनिक मलमा खर्च भएको छ । यस्तै, आर्थिक वर्ष ७७/७८ मा ९ अर्ब ३० करोड ८० लाख ८१ हजार रुपैयाँको रासायनिक मल आयात गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १४ अर्ब ३९ करोड ६७ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० मा ३० अर्ब ९६ करोड ७५ लाख ४९ हजार रुपैयाँको रासायनिक मल आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब ३७ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको रासायनिक मल आयात गरिएको मन्त्रालयको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेपछि विवादमा तानिए हरभजन सिंह
-
चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी
-
बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, सात जनाको मृत्यु
-
प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपाको माग
-
पर्वत र पाँचथरमा नाबालिगमाथि जबरजस्ती करणी