बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी देखिएका छन् । आवेदन दिने अन्तिम दिनसम्म सो संख्यामा आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसरी आवेदन दिनेहरूमा कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।
प्राधिकरणको अध्यक्षका लागि गत २६ गते प्राधिकरणले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । यसअघि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञ सदस्य रहेको समिति बनाएको थियो । उक्त समितिमा विज्ञ सदस्यको रूपमा ज्योति ओझा नियुक्त भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पदेन हुन् ।
यसअघि पुस १९ गते तत्कालीन अध्यक्ष सूर्य सिलवालको पदावधि सकिएको थियो । अहिले सरकारले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका प्राधिकरणका सञ्चालक समितिका सदस्य मदन दाहाललाई अर्को नियुक्ति नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी तोकेर पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट
-
कुलमान हटाउने निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन : गगन थापा
-
तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
-
सरकारले कुलमान हटाउनुहुने थिएन : विश्वप्रकाश शर्मा
-
सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु
-
प्रचण्डले भने- कुलमान हटाएको समाचार असत्य साबित होस् !