९ वर्षपछि बन्दैछ कपिल शर्माको फिल्मको सिक्वेल

नयाँ दिल्ली । २०१५ मा भारतीय कमेडियन कपिल शर्माले ‘किस किस को प्यार करूं’बाट बलिउडमा डेब्यू गरेका थिए । अब्बास–मस्तानद्वारा निर्देशित यो फिल्मलाई दर्शकहरूले निकै मन पराएका थिए ।
फिल्मले बक्स अफिसमा ४३ करोड भारुको व्यापार गरेका थिए । ९ वर्षपछि कपिल शर्मा र अब्बास–मस्तान एक पटक फेरि एक साथ आएका छन् । मुम्बईमा ‘किस किस को प्यार करूं २’ को छायाङ्कन सुरु भएको छ ।
यसपटक कपिलको चरित्रमा विशेष ध्यान दिइने बताइएको छ । फिल्ममा उनको चरित्रमा दर्शकहरूले कमेडी र ‘कन्फ्युजन’को मिश्रण देख्न पाउनेछन् । पहिलो फिल्ममा जस्तै यसमा पनि धेरै महिला कलाकारहरू देखिनेछन् ।
अहिले फिल्ममा कास्टिङको काम भइरहेको छ । स्रोतका अनुसार निर्माताहरूले यस पटक पनि कपिलको अपोजिटमा केही नयाँ अभिनेत्रीहरूलाई कास्ट गर्ने योजना बनाएका छन् ।
फिल्मको कथा कपिलको चरित्रको वरिपरि घुम्नेछ, जहाँ उनी फेरि केही ठुला ‘कन्फ्युजन’ मा फसेको देखिनेछ । फिल्ममा रोमान्स, ड्रामा र कमेडीको राम्रो मिश्रण हुन बताइएको छ । निर्माताहरूले दर्शकलाई पहिलेभन्दा बढी हँसाउने प्रयास गर्नेछन् ।
कपिलको चरित्रलाई नयाँ चुनौतीहरूको सामना गरेको देखाइनेछ । यसपटक पनि फिल्ममा अभिनेता मनजोत सिंह देखिनेछन् । मनजोत यस अघि फुक्रे र ड्रीम गर्ल जस्ता फिल्महरूमा देखिएका थिए ।
पहिलो फिल्ममा कपिल शर्माले गल्तिवस तीन जना केटीहरूसँग विवाह गरेको र यो रहस्य लुकाउन संघर्षरत् युवाको भूमिकामा थिए । सो फिल्ममा कपिल शर्मा, एली अवराम, सिमरन कौर मुन्डी र मंजरी फडणीस मुख्य भूमिकामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको निर्णयविरुद्ध अदालत जान्छु: कुलमान घिसिङ
-
‘टिका’ लगाएर फर्किए ‘नेता’
-
कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट
-
कुलमान हटाउने निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन : गगन थापा
-
तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
-
सरकारले कुलमान हटाउनुहुने थिएन : विश्वप्रकाश शर्मा