सभापति लामिछानेसँगको परामर्शमा पार्टी अघि बढाउने रास्वपा सचिवालय बैठकको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सभापति रवि लामिछानेसँग निरन्तर परामर्श र संवादमा पार्टीको गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ । बैठकबारे रातोपाटीलाई जानकारी दिँदै संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मूलतः बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल भएको बताए ।
‘सरकारले संसद् अब प्रस्तुत गर्नुपर्ने ६ वटा अध्यादेशमा पार्टीले कसरी धारणा राख्ने भन्ने विषयमा छलफल गर्दा फरक फरक अध्ययन गरेर प्रतिवेदनमाथि साझा धारणा बनाउने र त्यसैअनुरूप सदनमा उपस्थित हुने निर्णय भयो‚’ उनले भने ।
बैठकले पार्टीभित्र परेका उजुरीहरूलाई अनुशासन आयोगले हेर्ने निर्णय गरेको छ । यस्तै सातै प्रदेशमा गएर पार्टीले त्यहाँका उद्योगी तथा अभियन्ताहरूसँग संवाद गर्ने र उनीहरूको धारणा सुन्ने मात्र नभई सङ्गठन विस्तारको विषयमा पनि काम गर्ने निर्णय गरेको छ ।
‘सात प्रदेशका सचिवालय समितिमा रहेका साथीहरूको नेतृत्वमा सांसद र केन्द्रीय सदस्यको टोली जाने र सातै प्रदेशमा गएर उद्योगी अभियन्ताहरूसँग संवाद गर्ने तथा सङ्गठनमा भित्रको अन्यौलता अन्त्य गर्ने काम गर्ने निर्णय पनि भयो‚’ उनले भने ।
श्रेष्ठका अनुसार समितिबाट फागुनभित्र उक्त कार्य हुनेछ । ‘म मधेस जान्छु । यस्तै अन्य साथीहरू अन्य प्रदेश जानुहुनेछ‚’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण