आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक

काठमाडौँ । आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो ।
मंगलबार उनीविरुद्ध बयान र थुनछेक भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेपछि पुनः पक्राउ परेकी थिइन् । उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको थियो ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यविनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन