साढे २ करोड डलरमा ट्रम्पसँगको मुद्दा राफसाफ गर्दै मेटा

वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपति बन्ने बित्तिकै डोनाल्ड ट्रम्पले एक पछि अर्को गर्दै ठूल्ठूला निर्णयहरू लिइरहेका छन् । यसैबिच दिग्गज सामाजिक सञ्जालसँग जोडिएको कम्पनी मेटाले ट्रम्पसँग एउटा सम्झौतालाई अन्तिम रूप दिएको बताइएको छ ।
ट्रम्पले मेटाविरुद्ध दायर गरेको मुद्दा राफसाफ गर्न दुईबिच आपसी सम्झौता भएको समाचार एजेन्सी पीटीआईले एक मिडिया रिपोर्टलाई उद्धृत गर्दै छापेको छ ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व रहेको कम्पनी मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पले यी कम्पनीहरू विरुद्ध दायर गरेको मुद्दा सल्टाउन २ करोड ५० लाख डलर तिर्न सहमत भएको यस विषयसँग जानकार तीन व्यक्तिले बताएका छन् । २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा दङ्गापछि सामाजिक सञ्जाल प्लेटफर्महरूमा ट्रम्पलाई बन्देज लगाइएको थियो । मुद्दा यही मामिलासँग जोडिएको थियो ।
- सम्झौतामा के विशेष छ ?
सम्झौताका सर्तहरूमा गैर–नाफामुखी संस्थालाई २ करोड २० लाख डलर हस्तान्तरण भएको यस विषयमा जानकार व्यक्तिहरूले नाम नछाप्ने सर्तमा बुधबार भनेको भन्दै समाचारमा भनिएको छ । बाँकी रकम कानुनी शुल्क र अन्य वादीहरूलाई दिइने बताइएको छ ।
तर, सम्झौतामा मेटाले सामाजिक सञ्जाल प्लेटफर्महरूबाट ट्रम्पको खाताहरू निलम्बनमा गल्ती स्वीकार गर्ने छैन । यसलाई मेटा र मार्क जुकरबर्ग विरुद्ध ट्रम्पको विजयको रूपमा हेरिएको छ । यो सम्झौताबारे पहिलो पटक द वाल स्ट्रिट जर्नलले समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो कारणले ओलीको अध्यादेश थन्कियो : माधव नेपाल
-
सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्यायो : खनाल
-
मस्कको १३ औँ सन्तानको आमा भएको सोसल मिडिया इन्फ्लुएन्सरको दाबी
-
इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गर्यो
-
क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन
-
अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै