अमेरिकामा अर्को विमान दुर्घटना

फिलाडेल्फिया । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा एउटा सानो विमान दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको छ । विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको खबर छ ।
शुक्रबार साँझ दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । विमानमा ६ जना मानिस सवार थिए । उक्त विमान मेडिकल ट्रान्सपोर्टेसन मिसनमा रहेको र विमानमा डाक्टरहरुसहित एक बिरामी बालक रहेको बीबीसीको अमेरिकी सहयोगी सीबीएसले उल्लेख गरेको छ ।
विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सीबीएस न्यूजका अनुसार रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको हो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो।
संघीय उड्डयन प्रशासनका अनुसार, लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६:३० बजे (स्थानीय समय) मा उडेको थियो । करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो।
बुधबार वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।
हालसम्म कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने