गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवीको निधन

काठमाडौँ । नेपाली गद्य कविताका प्रणेता र नेपाली समस्यामूलक नाटकका प्रथम प्रयोक्ता स्व गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवीको निधन भएको छ । मस्तिष्काघात भई उपचारका लागि कलङ्कीस्थित शुभेच्छा अस्पतालमा भर्ना भएकी ९३ वर्षीया उनको गत बिहीबार बिहान निधन भएको छोरा मदन रिमालले जानकारी दिए ।
राजनीतिज्ञ तथा राणाशासन विरोधी जागरणकर्ता रिमालको भने विसं २०३० कात्तिक ८ मा निधन भएको थियो । उनका ‘मसान’ र ‘युगप्रेम’ नाटक तथा ‘आमाको सपना’ कविता नेपाली साहित्य विधामा प्रख्यात छन् । कवि रिमालले विसं २०१९ मा मदन पुरस्कार र २०३० मा त्रिभुवन प्रज्ञा पुरस्कार प्राप्त गरे ।
उनले रचना गरेको ‘रातो र चन्द्रसूर्य जङ्गी निशाना हाम्रो’ बोलको गीतलाई नेपाली सेनाले सङ्गठनको शीर्ष गीतका रूपमा प्रयोग गर्दै आएको छ । नेपाली सेनाले स्व रिमाललाई २०६८ मरणोपरान्त मानार्थ महासेनानीको दर्ज्यानी प्रदान गरी सम्मान गरेको थियो । उनका चारमध्ये हाल तीन छोरा छन् ।
कवि रिमालको साहित्य साधनामा उनकी धर्मपत्नी हरिदेवीको भूमिका पनि प्रशंसनीय रहेको साहित्यकर्मीहरूले बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी
-
टिपर दुर्घटनामा परी चालकको मृत्यु
-
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री