पाकुच्चाको सागमा विषादी
मङ्गलबार, २२ माघ २०८१, १८ : ३२

काठमाडौँ । पाकुच्चाको सागमा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार गरेको परीक्षण तरकारीमध्ये भक्तपुर क्षेत्रमा उत्पादित पाकुच्चाको सागमा विषादी भेटिएको हो ।
समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा १ वटा तरकारीको नमुनामा विषादी पाइएको हो । भक्तपुर क्षेत्रका पाकुच्चाको सागमा ९४.२१८ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।