स्वीडेनको विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार
मङ्गलबार, २२ माघ २०८१, २० : ०५

स्टकहोम । मध्य स्वीडेनको ओरेब्रो सहरस्थित एक विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार भएको छ । प्रहरीले ‘खतरा अझै टरी नसकेको’ बताएको छ ।
मंगलबार ‘गम्भीर हिंसात्मक अपराध’ को चेतावनी जारी गर्दै प्रहरीले यसविरुद्ध कारबाही चलिरहेको रहेको जानकारी दिएको छ । प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन र घरभित्र बस्न आग्रह समेत गरेको छ । घटनामा कति जना घाइते भएका छन् भन्ने अझै खुल्न सकेको छैन ।
क्याम्पस रिस्बर्गस्का स्कुल एउटा अध्ययन केन्द्र रहेको स्थानीय काउन्सिलको वेबसाइटमा उल्लेख छ । यो राजधानी स्टकहोमभन्दा १६० किलोमिटर पश्चिममा रहेको छ ।
गोलाबारी भएको स्थानबाट विद्यार्थीहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीको भनाई छ । ‘खतरा टरेको छैन,’ प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘सर्वसाधारणलाई यो क्षेत्रबाट टाढा रहन सूचित गरिन्छ ।’ -सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा प्रदर्शनकारीको आक्रमणमा परेर उपरथी ढकाल घाइते
-
माछा मार्न गएका युवक नदीमा बेपत्ता
-
बागमतीमा फुटबलको रौनक
-
डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी