कमल थापा दिल्ली प्रस्थान
सोमबार, २८ माघ २०८१, १४ : १८

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोतले जनाएको छ । भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा हुन् । थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह