किन पाकिस्तान आए एर्दोगन ?

इस्लामवाद । टर्कीका राष्ट्रपति रेसेप तैउप एर्दोगन चार दिने एसिया भ्रमणका क्रममा पाकिस्तान पुगेका छन् । उनी बिहीबार बिहान रावलपिन्डीको नूर खान एयरबेसमा ओर्लिएका थिए ।
उनको स्वागत गर्न राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ, प्रथम महिला आसिफा भुट्टो, उपप्रधान तथा विदेश मन्त्री इशाक दार, रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफ, सूचना मन्त्री अताउल्लाह तरार समेत अन्य विशिष्ट सरकारी अधिकारी पुगेका थिए ।
मलेसिया र इन्डोनेसियाको भ्रमण सकेर एदोगन पाकिस्तान आएका हुन् । टर्की र पास्कितानले रक्षा समेत कयौँ क्षेत्रमा सहयोग बढाइरहँदा एर्दोगनको यो भ्रमण भएको हो । हालै पाकिस्तानले टर्कीबाट नौसेनाका जहाजहरू खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
दुवैले जनवरीमा पूर्वी भू-मध्यसागरमा नौसेनाको अभ्यास गरेका थिए । टर्कीले पाकिस्तानको सेनालाई निरन्तर बलियो बनाउँदैछ । टर्कीले पाकिस्तानलाई टी १२९ अट्याक हेलिकप्टर, मिल जेम–श्रेणीको कोर्भेट र विभिन्न रक्षा प्रणालीहरू आपूर्ति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा