राजनीति
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
बिहीबार, ०१ फागुन २०८१, ०७ : ३९

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ कार्यसमिति चयनका लागि जारी मतगणनामा अध्यक्षका उम्मेदवार डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि रहेका छन् ।
दिउँसो ३ बजेसम्म चार सय मत गणना हुँदा भट्टराईले ३७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्रप्रसाद चापाईंले जम्मा २३ मत पाएका छन् । नयाँ नेतृत्वका लागि २९ गते मतदान भएको थियो ।
अहिलेसम्म केन्द्रीय सदस्यहरूको मतगणना सम्पन्न भएको छ । पदाधिकारीको मतगणना एक करिब घण्टामा सकिने निर्वाचन समितिले जनाएको छ ।
करिब ८ सय मत खसेको अनुमान गरिएको छ । पदाधिकारी सबैको मतगणना सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
किन हुन्छ पाइल्स, उपचार के ?
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?
-
बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा