व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव
सोमबार, ०५ फागुन २०८१, १६ : ५३

काठमाडौँ । व्यक्तिगत विवरण सच्याउन मिल्नेगरी गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ लाई संशोधन गर्न प्रस्ताव गरेको छ ।
ऐनको दफा २५ लाई संशोधन गर्ने प्रस्ताव रायका लागी कानुन मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एकीकृत प्रणाली नहुँदा सरकारी निकायबाट सेवा लिँदा कागजातमा त्रुटि भएका जन्म मिति तथा नाम ठेगाना फरक परेको अवस्थामा विवरण सच्याउन मिल्ने व्यवस्था राख्न हामीले प्रस्ताव गरेका छौँ ।’
त्यस्तै, गृह मन्त्रालयले ६ महिनाभित्र ‘सुरक्षा अनुभूति मापन कार्यविधि’ बनाउने भएको छ । कार्यविधि तयार गरेर महानगरपालिकाहरूबाट लागु गरिने सहसचिव तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन