कतारमा लेखक अखण्ड भण्डारीको ‘बोरा’ विमोचन

काठमाडौँ । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा ‘बोरा’ उपन्यासका लेखक अखण्ड भण्डारीको बोरा उपन्यास कतारमा ‘विमोचन तथा विमर्श’ भएको छ । गैरआवासीय नेपाली संघको साहित्य विभागले कतार भ्रमणमा आएको मौका पारी लेखक भण्डारी कृत उपन्यास बोरा दोहाको मुम्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा विमोचन तथा उपन्यासमाथि विमर्श गरेको हो ।
एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको उपन्यास विमोचन तथा विमर्श कार्यक्रममा दोहाका साहित्यकार, पत्रकार, राजनीतिकर्मी र विभिन्न जिल्ला सस्थाका प्रतिनिधिहरुले पुस्तक लोकार्पण तथा विमोचन गरेका थिए । पुस्तक विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै समिक्षक सुरेश भट्ट आश्रिनले बोरा उपन्यासले वर्तमान अवस्थामा हाम्रो समाजमा हुने गरेको सत्य घटनालाई उजागर गरेको बताए ।
भट्टले बोरा उपन्यास असती छोराले आमालाई दिएको दर्दनाक आलो घाउको सत्य कथा भएको बताएका छन् । साथै चाबहिलको पुलमुनिबाट रश्मी भन्ने पात्रले उद्धार गरिएकी यमुनालाई उपन्यासमा सशक्त पात्रका रूपमा उभ्याइएको र पठनीय रहेको उत्कृष्ट उपन्यासमा केहि पश्चिमा अङ्ग्रेजी शब्दहरु प्रयोग नगरेको भए हुने उनले बताए ।
लेखक भण्डारीले महिनौँको खोजपछि वृद्धाश्रमका आमाबाको क्रन्दनलाई फिक्सन मार्फत लेखेको बताउँदै भने, ‘हिजो वृद्धवृद्धालाई डोकोमा हालेर फालेको पाइन्थ्यो १ आजभोलि बोरामा हालेर फालेको आफैँले देखेपछि र भेटेपछि उपन्यासको नामकरण बोरा रहन गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा