ट्रम्प र जेलेन्स्कीसँग फ्रान्सेली राष्ट्रपतिको फोनवार्ता, रुसलाई के भने ?

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्। उनले एक्समार्फत यसबारे जानकारी गराएका हुन् ।
राष्ट्रपति म्याक्रोंले लेखेका छन्, 'हामी युक्रेनमा दिगो शान्ति चाहन्छौं। यो हासिल गर्न रुसले आक्रामकता त्याग्नुपर्छ। युक्रेनी जनताको सुरक्षाको लागि बलियो र विश्वसनीय ग्यारेन्टी प्रदान गरिनुपर्छ।'
अन्यथा मिन्स्क सम्झौताको अवस्था दोहोरिन सक्ने उनको चेतावनी छ । पूर्वी युक्रेनमा रुस समर्थक विद्रोहीहरू र युक्रेनी सेना बीचको रक्तपातपूर्ण द्वन्द्व पछि २०१४ मा मिन्स्क-१ सम्झौतामा हस्ताक्षर गरिएको थियो यसैगरी २०१५ मा मिन्स्क-२ सम्झौतामा हस्ताक्षर गरिएको थियो।
यो सम्झौता फेब्रुअरी २०१५ मा बेलारुसको राजधानी मिन्स्कमा रूस, युक्रेन, जर्मनी र फ्रान्सका नेताहरूको उपस्थितिमा भएको थियो। यसअन्तर्गत, रुस समर्थक पृथकतावादीहरूले कब्जा गरेका क्षेत्रहरूमा शान्ति पुनर्स्थापित गर्न कदम चाल्नु पर्ने थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल
-
सिरहा विभेद घटना : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
-
आखेटोपहार सहित युवक पक्राउ
-
१० बजे १० समाचार : भोलि प्रमुख तीन दलको बैठक, पूर्वराजालाई देउवाको सुझाव