रास्वपाले समाजमा योगदान दिएका व्यक्तिसँग सर्वाङ्गीण संवाद गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान गरेका व्यक्तित्वसँग सर्वाङ्गीण संवाद गर्ने भएको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले यसको तयारीका लागि प्रदेश समितिहरूलाई निर्देशनसमेत दिएको जनाएको छ। फागुन तेश्रो सातादेखि सातै प्रदेशमा उक्त कार्यक्रम हुने बैठकले जनाएको छ।
पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए।
पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरू र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने पनि बैठकमा छलफल भएको पार्टीले जनाएको छ।
यस्तै बैठकले पार्टीका विविध गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न केही नियमावली तथा कार्यविधिहरूसमेत पारित गरेको छ।
जसअनुसार प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र्यापिड एक्सन टीम (र्याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको छ।
त्यसैगरी पार्टी केन्द्रीय सदस्यहरूको राजनीतिक अभिमुखीकरणका लागि फागुन ९ र १० गते हुने केन्द्रीय प्रशिक्षण कार्यक्रम प्रभावकारी बनाउन आवश्यक तयारी भएको र प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने बैठकले जनाएको छ।
आजै बसेको बैठकले पार्टीको केन्द्रीय संगठन विभागको सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयनसमेत गरेको जानकारी गराएको छ । यस्तै बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा कविन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन पनि गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आजकै बैठकमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट कुनै पनि उम्मेदवार नहुने र निर्वाचनमा विशुद्ध विद्यार्थीहरू मात्र संलग्न संलग्न गर्न अपिल गरेको छ।
शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा स्वस्थ रूपमा सञ्चालन गर्न पनि बैठकले माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण