मगर भाषालाई कामकाजी भाषा रूपमा लिनुपर्छ : सभामुख घर्ती मगर
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा अङ्गीकार गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले सरकारी कामकाजीको भाषाको रूपमा मगर भाषालाई समेट्न आफ्नो तर्फबाट लागिपरेको बताएका छन् ।
मगर समुदायको आर्थिक सबलीकरणमा सहयोग पुग्ने गरी स्थानीय रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने नीतिगत व्यवस्थालाई मुर्तरुप दिने प्रयत्न भईरहेको बताए । उनले लुम्बिनी प्रदेश सभा विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
राज्यले सबै समुदायका भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने मुख्य जिम्मेवारी सम्बन्धित समुदायकै भएको उल्लेख गर्दै आफ्नो हक अधिकारलाई स्थापित गर्न तथा मगर भाषा, संस्कृतिको संरक्षण गर्न सबै मगर समुदायलाई एकताको मालामा गाँस्ने दिनको रूपमा मगर एकता दिवसलाई लिन समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण