रिलका लागि छुट्टै एप ल्याउँदैछ इन्स्टाग्राम ?
बिहीबार, १५ फागुन २०८१, १० : ४१

क्यालिफोनिर्या । अमेरिकामा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको भविष्य अनिश्चित छ । यो देखेर इन्स्टाग्रामले शर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने भएको छ ।
प्रविधि क्षेत्रको प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार, इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् । तर, इन्स्टाग्रामको मातृ कम्पनी मेटाले यस सम्बन्धमा बीबीसीले सोधेको प्रश्नमा कुनै उत्तर दिएको छैन । यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानुन पालना गर्न ७५ दिनको समय दिएका थिए ।
यो कानुन पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको थियो । यस कानुन अनुसार, टिकटकले अमेरिकी कानुनको पालना गरेर स्थानीय कम्पनीलाई बेचेन भने यसले ा प्रतिबन्धको सामना गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)
-
भारतीय ऊर्जामन्त्री खट्टर नेपालमा (तस्बिरहरू)
-
शिक्षामन्त्री बन्न लागेको चर्चाप्रति के भन्छिन् अन्जान शाक्य ?