‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
सोमबार, १९ फागुन २०८१, १३ : ५४

काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए
-
हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित