तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी

नयाँ दिल्ली । भारतमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । उत्तर प्रदेशको बिजनौर, बढापुरमा एक महिला आफ्नो तीन सन्तान र पति छाडेर प्रेमीसँग फरार भएकी छन् ।
यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफूहरूको खोजी नगर्न पूर्वपति र उनको परिवारलाई चेतावनी दिएकी छन् ।
ती महिलाले प्रेमीसँग आफूले कानुनी रूपमा विवाह गरिसकेको पनि बताएकी छन् ।
आफू र आफ्नो प्रेमीलाई दुःख दिन खोजेको खण्डमा कानुनी उपचारमा जाने चेतावनी पनि ती महिलाले दिएकी छन् ।
औषधि किन्ने बहानामा घरबाट निस्किएकी ती महिला आफ्नो प्रेमीसँग भागेको परिवारजनको आरोप छ । तीन लाख रुपैयाँ र ६ तोला सुन लिएर भागेको आरोप परिवारजनले जनाएको छ ।
उनले माइती पक्षलाई पनि भिडियोमार्फत सन्देश दिएकी छन् । आफूले स्वेच्छाले पहिलाको पतिलाई छाडेको र अहिले प्रेमीसँग विवाह गरेको जिकिर गर्दै ती महिलाले यसअघि वैवाहिक जीवनका क्रममा आफूले निकै शारीरिक र मानसिक पीडा भोगेको बताएकी छन् ।
बढापुर थानाका प्रहरीले १८ फेब्रुअरीमा महिला हराएको भन्दै परिवारजनले उजुरी दिएको बताएका छन् । ती महिलाको भिडियो सन्देशका बारेमा भने भर्खरै जानकारी आएको भन्दै प्रहरीले यसबारे अनुसन्धान गरी आवश्यक कारबाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?