पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागुऔषध मुद्दामा दोषी ठहर
बुटवल । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई कसुरदार ठहराएको हो।
उक्त प्रकरणमा पालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । ती दुई भारतीय नागरिक हुन् । यस्तै, पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।
अध्यक्ष गुप्तासहित धोबीलाई कसुर ठहर भए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ । लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।
अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । घटनाका विवरण अनुसार २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो ।
गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो । बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।
अध्यक्ष गुप्ताको कवाड व्यवसायसमेत रहेको छ । जितेन्द्र र रामा बिहारका बासिन्दा हुन् र सुनवल नगरपालिकामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । करिब एक करोड ३५ लाख रुपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको आरोपसमेत लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण