नाक कोट्याउने बानी छ ? अपरेसन गर्ने अवस्था आउँला !
_uF98FRwtsM.png)
काठमाडौँ । धेरै मानिसहरूलाई आफ्नो नाक कोट्याउने बानी हुन्छ । यो बानीलाई राम्रो नमाने पनि, अनजानमा नै सही, धेरैले यो गरिनै रहेका हुन्छन् ।
यदि तपाईंलाई पनि यस्तै बानी छ भने होसियार हुनुहोस् । किनभने यही बानीले गर्दा एक मानिस अस्पतालसम्म पुग्नुपरेको छ ।
यो घटना चीनमा भएको हो । एक युवकले अत्यधिक नाक कोट्याउँदा अनुहारमा रहेको एक धमनी नै फाटेर अपरेसन गर्नुपरेको छ ।
यो अनौठो घटना ती युवकको पत्नीले अनलाइनमा भिडियोमार्फत साझा गरेकी हुन् । अरू नाक कोट्याउने बानी भएकाहरूले यस्तो गल्ती नगरुन् भनेर यो घटनाबारे जानकारी दिएकी हुन् ।
नाम नखुलाइएका ती व्यक्ति साङ्सी प्रान्तको सिन्याङ सहरका बासिन्दा रहेको बताइएको छ । केही काम नहुने बित्तिकै उनको नाक कोट्याउने बानी थियो, चाहे त्यो बस्दा होस्, ओछ्यानमा सुत्दा होस् ।
तर, एक दिन उनले नाक कोट्याउँदै गर्दा अचानक रगत बग्न थाल्यो । उनी र उनको पत्नीले रगतको बहाव रोक्ने अनेकन प्रयास गरे पनि त्यो रोकिँदै रोकिएन ।
अन्ततः उनीहरू अस्पताल जान बाध्य भए । अस्पताल पुगेर परीक्षण गर्दा डाक्टरहरुले उनको नाकमा रहेको धमनी नै फुटेको पत्ता लगाए । यसलाई ठिक गर्न शल्यक्रिया नै गर्नुपरेको थियो ।
ती व्यक्तिकी पत्नीले अस्पतालको सबै घटना भिडियोमा रेकर्ड गरेकी थिइन् । भिडियोमा अपरेसनपछि पत्नीले ती व्यक्तिलाई व्यङ्ग्य गर्दै ‘प्रिय, फेरि नाक नकोट्याउने ? उठ, फेरि कोट्याऊ’ भन्दै गरेको पनि सुन्न सकिन्छ ।
यता, स्वास्थ्य विज्ञहरू पनि नाक कोट्याउने बानीले गम्भीर संक्रमण निम्त्याउन सक्ने बताउँछन् । त्यस्तै, यसले ‘नासल म्युकोसा’ लाई क्षति पुर्याउन सक्ने उनीहरूको भनाई छ । यो घटना जस्तै धमनी र नासल क्याभिटीमा पनि हानी पुग्ने उनीहरूको चेतावनी छ ।
अडिटी सेन्ट्रलबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?