उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबिच लोकार्पण गरेका छन् ।
मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा निष्ठापूर्णरुपमा लागेका व्यक्ति भएकाले उनका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
साहित्यकार उप्रेती आफ्ना पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाए ।
उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्वसदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार