प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
काडमाडौँ । प्रहरीले सुरु गर्न लागेको स्टाफ कलेज सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटमाथि मंगलबार सुनवाइ हुँदै छ । सो रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो ।
रिपेन्द्र कुमार सहित २० जना डीएसपीले स्टाफ कलेज विरुद्ध रिट दायर गरेका थिए । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागीताका लागि चैत ७ मा प्रवेश परीक्षा सञ्चालन गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठानले सूचना जारी गरिसकेको छ ।
अन्तिम सूचीमा १३१ जना छनोट भएका थिए । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स अन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपीएस) र प्रोफेसनल लिडरसिप कोर्स सहित दुई वटा कोर्सको पाठ्यक्रम स्वीकृत भैसकेको छ । स्टाफ कलेज २०७० मा भर्ना भएका इन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट लागु गर्ने निर्णय गरिएको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण