समातिए फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्ते

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते समातिएका छन् । लागू औषध विरुद्धको लडाइँका क्रममा मानवता विरोधी अपराध गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ७९ वर्षीय दुतेर्ते मङ्गलवार हङकङबाट फर्किँदै थिए । यसै क्रममा राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बित्तिकै उनी पक्राउ परेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।
२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको यस युद्धको क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो ।
यसमा दोषी देखिएका सीमित व्यक्तिहरु प्रक्राउ परे पनि दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए । सन् २०२२ मा सत्ताबाट बाहिरिए पनि दुतेर्ते फिलिपिन्समा एक प्रभावशाली राजनेता मानिन्छन् ।
दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्यालीमा सहभागी हुन पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । यसअघि उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरे गिरफ्तारी दिन तयार रहेको बताएका थिए ।
फिलिपिन्स आईसीसीबाट बाहिरिसकेकोले दुतेर्तेको पक्राउ गैरकानूनी रहेको भन्दै उनका पूर्व प्रवक्ता साल्भाडोर पानेलो विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध